
कैलालीको लम्कीमा रहेको लम्की बहुमुखी क्याम्पसका प्राध्यापकहरू प्रशासन र व्यवस्थापनको विरोधमा उत्रिएका छन् । उनीहरूले मङ्गलवार कालोपट्टि बाँधेर साङ्केतिक विरोध जनाएका हुन ।
आफूहरूले पेसागत सुरक्षा र हकहितका साथै बढुवा र स्थायी प्रक्रियाका मागहरू बारम्बार क्याम्पस प्रशासन र सञ्चालक समितिलाई जानकारी गराउँदा समेत बेवास्ता गरेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन ।
आफूहरूले पटक पटक बढुवा तथा स्थायी प्रक्रियाका सम्बन्धमा पहल गरिदिन मौखिक र लिखित आग्रह गर्दा पनि कुनै किसिमको सुनुवाइ नभएको हुँदा क्याम्पस प्रशासनलाई भदौ २१ गते आन्दोलनका कार्यक्रम जानकारी गराए बमोजिम मङ्गलवार कालो पट्टी बाँधेर साङ्केतिक विरोध गरेको प्राध्यापक जनक बहादुर विष्टले बताए ।
क्याम्पसले आफूहरूको कामको अवमूल्यन गरेको भन्दै जनक बहादुर विष्ट, लोक प्रसाद खनाल, भीम सिंह भाट, जगत प्रसाद तिमिल्सेना, शुकदेव काफ्ले, श्याम बहादुर चन्द, सुष्मा सोनार, मोहन बहादुर खत्री लगायतका प्राध्यापकहरू आन्दोलित भएका हुन ।

























English


























