घोडाघोडीको पशु शाखा प्रमुख न्यूरेको निधन, मङ्गलवार शोक बिदा

कैलालीको घोडाघोडी नगरपालिकामा मङ्गलवार शोक बिदा दिइएको छ । पालिकाको पशु विकास शाखामा कार्यरत पशु विकास अधिकृत छत्रा न्यूरेको निधन भए पछि नगर सरकारले शोक बिदा दिएको नगर प्रमुख खडक बहादुर रावतले जानकारी दिए । हृदयाघातबाट ४८ वर्षीय न्यूरेको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखड स्थित आफ्नै निवासमा मङ्गलवार राती १ बजे ज्यान गएको हो । 

तपाईको प्रतिक्रिया के छ?

सम्बन्धित समाचारहरु

ताजा समाचार

ट्रेन्डिङ