टिकापुरबाट खैरो हेरोइन सहित एक युवा पक्राउ  

कैलालीको टिकापुरबाट खैरो हेरोइन सहित एक जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका वडा नम्बर ९ खक्रौलाबाट सोही नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीय कोरोशन बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

प्रहरी चौकी कालाकुण्डाबाट खटिई गएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित उनलाई सोमबार साँझ पक्राउ गरेको हो । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

तपाईको प्रतिक्रिया के छ?

सम्बन्धित समाचारहरु

ताजा समाचार

ट्रेन्डिङ