टिकापुरमा स्कुल बस दुर्घटना 

कैलालीमा विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ । जिल्लाको टीकापुर नगरपालिकामा रहेको त्रिपथ विद्या निकेतनको बस जानकी गाउँपालिका वडा नम्बर ९ कुन्तीमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी १५ विद्यार्थी घाइते भएको जनाइएको छ । अहिले प्रहरी टोली घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

तपाईको प्रतिक्रिया के छ?

सम्बन्धित समाचारहरु

ताजा समाचार

ट्रेन्डिङ