काठमाडौं महानगरले तिरायो एक मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना

गकाठमाडौं महानगरपालिकाले मिठाई पसल टिपटपलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ। 

सोमबार महानगरले काठमाडौं महानगरपालिका-१६ ठँहितिस्थित टिपटप मिठाई पसललाई कारबाही गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

उनका अनुसार उक्त मिठाई पसलले अखाद्यान्न मिठाई बेचेको गुनासो आएको थियो।

‘हिजो राती त्यहाँको ग्राहकले बिग्रिएको मिठाई बेचेको भनेर हामीलाई गुनासो गर्नुभएको थियो,’ उनले भने, ‘सोही आधारमा गएर जाँच गर्दा खान योग्य नभएका मिठाई बेचेको भेटिएको हो।

रातोपाटीबाट

तपाईको प्रतिक्रिया के छ?

सम्बन्धित समाचारहरु

ताजा समाचार

ट्रेन्डिङ